दफा ११
सेवाग्राहीको सुसूचित सहमति (इन्फर्मड कन्सेण्ट) लिनुपर्ने
: (१) प्रत्येक स्वास्थ्य संस्थाले सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदा निजको सुसूचित सहमति लिनु पर्नेछ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “सुसूचित सहमति” भन्नाले कानूनी रूपले सक्षम व्यक्तिले स्वास्थ्य सेवा लिन दिएको लिखित वा मौखिक सहमति सम्झनु पर्छ।
(२) उपदफा (१) को प्रयोजनको लागि तोकिएको उपचार प्रदान गर्न लिखित सहमति लिनु पर्नेछ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सेवाग्राहीको सुसूचित सहमति विना स्वास्थ्य सेवा प्रदान गर्न सकिनेछः-
(क) सेवाग्राहीले सहमति प्रदान गर्न सक्ने अवस्थामा नरहेको र कसैलाई पनि त्यस्तो सहमति प्रदान गर्ने अनुमति वा अख्तियारी नदिएकोमा उपलब्ध भएसम्म क्रमशः निजको पति वा पत्नी, बाबु वा आमा, हजुरबुवा वा हजुरआमा, उमेर पुगेका छोरा वा छोरी, दाजुभाइ वा दिदीबहिनी वा उपलब्ध सेवाग्राहीको निकटतम व्यक्तिले सहमति दिएको अवस्थामा,
(ख) प्रचलित कानून वा अदालतको आदेश बमोजिम सहमति विना नै स्वास्थ्य सेवा उपलब्ध गराइएको अवस्थामा,
(ग) कुनै व्यक्तिलाई उपचार नगर्दा जनस्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने अवस्था रहेकोमा,
(घ) स्वास्थ्य सेवा उपलब्ध गराउन ढिलाई गरिएमा सम्बन्धित बिरामीको मृत्यु हुन सक्ने वा निजको स्वास्थ्यमा अपूरणीय क्षति पुग्न सक्ने सम्भावना रहेकोमा,
(ङ) सम्बन्धित व्यक्तिले व्यक्त वा अव्यक्त रूपमा वा आचरणद्वारा स्वास्थ्य सेवा लिन अस्वीकार नगरेकोमा,
(च) तोकिए बमोजिमको अन्य अवस्थामा।